काठमाडौँका विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन तत्काल गर्न निर्देशन

हिमाल प्रेस १४ कार्तिक २०८२ १०:४३ | Friday, October 31, 2025
84
SHARES
काठमाडौँका विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन तत्काल गर्न निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय एकाइ ताहाचलले काठमाडौँ जिल्लाका सबै नगरपालिका र सामुदायिक विद्यालयलाई प्रधानाध्यापक (प्र.अ.) व्यवस्थापनसम्बन्धी कार्य अविलम्ब कार्यान्वयन गर्न निर्देशन दिएको छ।

एकाइ प्रमुख (उपसचिव) समन्तमणि आचार्यद्वारा जारी सूचनामा भनिएको छ,‘भदाै १३ को पत्रअनुसार सबै सामुदायिक विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन हुन अनुरोध गरिएकोमा, काठमाडौँ महानगरपालिका बाहेकका अन्य नगरपालिकाअन्तर्गतका विद्यालयमा उक्त कार्यमा अवहेलना र अख्तियारको दुरुपयोग भएको भन्ने उजुरी प्राप्त भएको छ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँको च.नं. १३२४८ असाेज २४ को पत्रका आधारमा एकाइले सम्बन्धित नगरपालिका र विद्यालयलाई तत्काल कार्यान्वयनका लागि पुनः पत्राचार गरेको हो।

एकाइले अख्तियारको पत्रको प्रतिलिपि संलग्न गर्दै विद्यालय र सम्बन्धित निकायलाई जिम्मेवारीपूर्वक प्रधानाध्यापक व्यवस्थापन प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

 

प्रकाशित: १४ कार्तिक २०८२ १०:४३ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast