बीपी र मध्यपहाडी मार्गमा रातमा सवारी आवागमन निषेध

हिमाल प्रेस १३ कार्तिक २०८२ १६:४६ | Thursday, October 30, 2025
20
SHARES
बीपी र मध्यपहाडी मार्गमा रातमा सवारी आवागमन निषेध बीपी राजमार्ग। फाइल तस्बिर

सिन्धुली- निरन्तर वर्षाका कारण बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै आज र भोलि रातमा बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीसाधन आवगमन निषेध गरिएको छ। निरन्तर वर्षापछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज सूचना जारी गर्दै दुई दिनसम्म रातमा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा जारी सूचनामा भनिएको छ,‘कात्तिक १३ र १४ गतेको साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्ग हुँदै सिन्धुलीबाट काठमाडौँतर्फ जाने सवारीसाधन आवागमनमा निषेध गरिएको छ।’

उक्त समयमा सवारीसाधन खुर्कोट बजारमा रोकिने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न सबैलाई आग्रह गरे। दिउँसो भारी वर्षा भएमा सुरक्षा निकायको समन्वयमा जुनसुकै स्थानमा सवारीसाधन रोक्न सकिने उनले जानकारी दिए।

‘रातमा सवारी सञ्चालन रोक्नुको उद्देश्य यात्रुको सुरक्षा सुनिश्चित गर्नु र आकस्मिक दुर्घटनाबाट मानवीय र भौतिक क्षति जोगाउनु हो। बीपी र मध्यपहाडी मार्गका केही खण्डमा जोखिम अत्याधिक बढेकाले रातको समयमा सवारीसाधन चलाउन निषेध गरिएको हो’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लालध्वज सुवेदीले भने।

प्रकाशित: १३ कार्तिक २०८२ १६:४६ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast