सरकारले चुनावको वातावरण बनाउनै सकेन : कांग्रेस

हिमाल प्रेस १३ कार्तिक २०८२ ८:१३ | Thursday, October 30, 2025
सरकारले चुनावको वातावरण बनाउनै सकेन : कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलले चुनावका लागि सरकारले वातावरण बनाउन नसकेको गुनासो गरेका छन्। चुनावका लागि सरकारले उपयुक्त वातावरण बनाउनै नसकेको उनीहरूले दोहोर्‍याए।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आह्वान गरेको सर्वदलीय छलफलमा कांग्रेस, एमाले लगायतका दलले चुनावको वातावरण बन्न नसकेको बताएका हुन्। बैठकमा कांग्रेसले चुनावमा जान तयार रहे पनि यही अवस्थामा जान नसकिने धारणा राखेको थियो।

‘नवपुस्ताका प्रतिनिधिसहितको बैठकमा उहाँहरूका कुरा पनि सुन्यौं र हामीले पनि कुरा राख्यौं’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘चुनावका लागि उपयुक्त वातावरण बनेको छैन । थप काम गर्नुपर्छ भन्ने कुरा राख्यौं।’

जेनजी प्रतिनिधिले राखेको सुशासनको कुरामा आफूहरूको विमति नरहेको उनले बताए । ‘संवैधानिक प्रक्रिया नभए पनि विशिष्ट परिस्थितिमा यो सरकार बनेको कुरा हामीलाई थाहा छ। तर निर्वाचन गर्ने परिवेश गर्नुपर्‍यो भन्ने कुरा राख्यौं’, महतले भने, ‘चुनावका लागि त्यो सुनिश्चितता बनिसकेको छैन, थप काम गर्नुपर्छ भन्ने कुरा राख्यौं ।’

महतले चुनावको वातावरण बनाउन भदौ २३ र २४ को घटनाको छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने बताए ।

‘२३ गतेको जुन घटना घट्यो, त्यसका दोषीलाई कारबाहीको दायरामा ल्याउने कुरामा हाम्रो विमति छैन । ती सबै कुरा विधिसम्मत हुनुपर्छ भन्ने धारणा राख्यौं’, उनले भने।

प्रकाशित: १३ कार्तिक २०८२ ८:१३ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast