चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुई जना पक्राउ

हिमाल प्रेस १२ कार्तिक २०८२ २१:०४ | Wednesday, October 29, 2025
चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–१७ नयाँबजार बस्ने २३ वर्षीय समिर श्रेष्ठ तथा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० खोपासी घर भई काठमाडौँ महानगरपालिका–१६ एलेक्स नेपाली रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘काठमाडौँको इचङ्गुनारायण मन्दिर एरियामा हतियार देखाइ सर्वसाधारणमा आतंक सिर्जना गरेको भन्ने विशेष सूचनाको आधारमा हाम्रो टोलीले काठमाडौँ ढल्कूबाट पक्राउ गरेको हो।’

पक्राउ परेकाहरुको साथबाट प्रहरीले मोडेल ५४ कल ७.६२–२५ एमएम ५०००००९८ पोलि टेक्नोलोजीज इंक चीन लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको खाली म्याग्जिन एक थान तथा ३११–२३ लेखिएको गोली १२ राउण्ड बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरु दुवै जनालाई हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताए। रासस

प्रकाशित: १२ कार्तिक २०८२ २१:०४ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast