‘होस्टेल ३’ ले भारतमा मनायो ५१ दिन, दार्जिलिङमा पनि प्रदर्शनरत

हिमाल प्रेस १२ कार्तिक २०८२ १०:४१
10
SHARES
‘होस्टेल ३’ ले भारतमा मनायो ५१ दिन, दार्जिलिङमा पनि प्रदर्शनरत

काठमाडौँ- नेपाली फिल्म ‘होस्टेल ३’ ले भारतमा केही हलमा ५१ दिन मनाउन सफल भएको छ। सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा प्रदर्शनरत फिल्मले ५१ दिन पूरा गरेको भारतका वितरक सुरज खड्काले बताए।

भारतमा फिल्म वितरणको जिम्मा गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमा लिएका छन्। फिल्म सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो।

फिल्मका निर्देशक सशान कँडेलले भारतमा पनि फिल्मको ५१ दिन पूरा भएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘सर्वप्रथम, यति ठूलो फ्रेन्चाइजलाई विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्सलाई धेरै धन्यवाद। निर्माण, वितरण र प्रचार प्रसारमा सहभागी सबैलाई पनि हार्दिक आभार व्यक्त गर्दछु।’

फिल्मले नेपालमा पनि ५१ दिनसम्म हलमा प्रदर्शन भएको थियो। फिल्मले क्याम्पस जीवनका उतारचढाव, प्रेम, मित्रता र स्रघर्षको कथा चित्रण गरेको छ।

फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, आशिष पुरुष लगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी हुन्। फिल्म नेपालको ओटिटी प्लेटफर्म सिनेमाघर एपमा पनि स्ट्रिमिङ भइरहेको छ।

प्रकाशित: १२ कार्तिक २०८२ १०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast