शिक्षामन्त्री पुनले भने- मलाई कुनै औपचारिक कार्यक्रममा निमन्त्रणा नगर्नू

हिमाल प्रेस १२ कार्तिक २०८२ १०:२० | Wednesday, October 29, 2025
80
SHARES
शिक्षामन्त्री पुनले भने- मलाई कुनै औपचारिक कार्यक्रममा निमन्त्रणा नगर्नू शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रम उद्घाटन वा शिलान्यास समारोहमा निमन्त्रणा नगर्न आग्रह गरेका छन्।

केशरमहलस्थित शिक्षा मन्त्रालयमै बस्ने, खाने, सुत्ने र २४ सै घण्टा काम गर्ने घोषणा गरेका पुनले सामाजिक सञ्जालमार्फत भने,‘कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन र शिलान्यास कार्यक्रम, प्रमुख अतिथी हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला।’

उनले युनेस्को महासभाको उज्बेकिस्तानमा हुने साधारणसभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको सम्मेलनमा समेत आफू नजाने बताए। आफू बाहेकका मन्त्री पनि विदेशमा भएका यसअघिका कार्यक्रममा जानैपर्ने भएर गएको स्पष्ट पारे।

मन्त्री पुनले भनेका छन्, ‘जानै पर्ने र नगई नहुने मिटिङहरूमा मात्र केही मन्त्रीज्यूहरू विदेश जानु भएको हो। विदेश घुम्यो भनेर हल्ला नगर्नु होला।’ मन्त्री पुनले आफू पदको औपचारिकताभन्दा जिम्मेवारीमा केन्द्रित रहन चाहेको भन्दै कार्यसम्पादनमै जोड दिने बताए।

प्रकाशित: १२ कार्तिक २०८२ १०:२० | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast