प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीहरूसँग छलफल गर्ने

हिमाल प्रेस १२ कार्तिक २०८२ ७:०७
12
SHARES
प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीहरूसँग छलफल गर्ने प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्की शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई कूटनीतिक ब्रिफिङ गर्दै । तस्बिर : रासस

काठमाडौँ- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएकी छन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन्।

अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु हुनेछ। निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक सरकार,राजनीतिक दल र जेनजीहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए । यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए।

यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए। लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ छ ।

सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ ।

प्रकाशित: १२ कार्तिक २०८२ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast