भ्रष्टाचार मुद्दामा जोडिएको अभियुक्त भन्दै माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता

हिमाल प्रेस १२ कार्तिक २०८२ ६:५५ | Wednesday, October 29, 2025
भ्रष्टाचार मुद्दामा जोडिएको अभियुक्त भन्दै माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता माधव नेपाल।

काठमाडौँ- सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ। गृह मन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उनको सुरक्षामा खटिएका सबैलाई फिर्ता बोलाइएको हो।

सरकारले नेपाललाई १६ सशस्त्र र २ जना जनपथ प्रहरी सुरक्षामा खटाएको थियो। पतञ्जलि जग्गा प्रकरणको भ्रष्टाचार मुद्दाका अभियुक्तसमेत रहेकाले पूर्वप्रधानमन्त्री नेपालको सुरक्षाकर्मी फिर्ता गरिएको हो।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

प्रकाशित: १२ कार्तिक २०८२ ६:५५ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast