जेनजीहरूलाई एकताबद्ध बनाउनेबारे प्रधानमन्त्री कार्कीसँग छलफल

हिमाल प्रेस ११ कार्तिक २०८२ १७:५१ | Tuesday, October 28, 2025
जेनजीहरूलाई एकताबद्ध बनाउनेबारे प्रधानमन्त्री कार्कीसँग छलफल

काठमाडौँ- जेनजी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्।

विभिन्न समूहमा रहेका जेनजी युवाहरूलाई एकै ठाउँ ल्याउने वातावरण बनाउन माग गर्दै उनीहरूले मंगलबार प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन्।

जेनजी युवा विभिन्न समूहमा रहँदा एकता बलियो हुन नसकेकाले सबैलाई एकताबद्ध गर्ने गरी पहलकदमी लिन आफूहरूले प्रधानमन्त्री समक्ष आग्रह गरेको जेनजी युनाइटेडका सदस्य सदीक्षा राईले जानकारी दिए। समान एजेण्डा बोकेका युवाहरू एकै ठाउँ आउनुपर्ने उनले बताए।

उनले प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको उल्लेख गरे। जेनजी युवाहरु एकताबद्ध हुनुपर्ने भन्दै पछिल्लो समय जेनजी युनाइटेडका युवाहरूले विभिन्न कार्यक्रम समेत गर्दै आएका छन्।

प्रकाशित: ११ कार्तिक २०८२ १७:५१ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast