धिराज राजवंशीको डेब्यु निर्देशनमा ‘हिमालयन गोल्ड’ बन्ने, फिल्ममा हिमाली भेगको कथा

हिमाल प्रेस ११ कार्तिक २०८२ १५:३९
8
SHARES
धिराज राजवंशीको डेब्यु निर्देशनमा ‘हिमालयन गोल्ड’ बन्ने, फिल्ममा हिमाली भेगको कथा

काठमाडौँ- ‘हिमालयन गोल्ड’ नामक फिल्म बन्ने भएको छ। कमलादीको गणेस्थानमा मंगलबार फिल्मको शुभ मुहूर्त गरिएको छ। फिल्म छायाँलय फिल्म्सले बनाउन लागेको हो। फिल्म ह्वाइट एलिफन्ट मोसन पिक्चरसँगको सहकार्यमा बन्नेछ।

फिल्म आगामी मंसिरदेखि छायांकन सुरु गरिने निमको तयारी छ। फिल्म हिमाली क्षेत्र परिवेशमा आधारित रहनेछ। जसमा जीवन, साहस र आशाको कथा प्रस्तुत गरिनेछ।

निर्माण टिमकाअनुसार फिल्म सन् १९९२ को पृष्ठभूमिमा तयार गरिनेछ। फिल्ममा एक गाउँकी युवतीले यार्सागुम्बा संकलन गर्न हिमाल चढ्छिन्। त्यसै क्रममा निर्दयी लुटेरा समूहसँग सामना गर्नु परेपछि सुरु हुने संघर्षको कथा पर्दामा प्रस्तुत गर्नेछ।

यार्सागुम्बालाई औषधीय मूल्यका कारण ‘हिमालयन गोल्ड’ का रूपमा चिनिन्छ। फिल्ममा परीक्षा लिम्बू, कर्मा, सुनील थापा, मेनुका प्रधान, साजन थापा मगर, अंकित खड्का, सुनील तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखियालगायत कलाकारको अभिनय रहनेछ।

फिल्मको कथा लेखन र निर्देशन धिराज राजवंशीको रहेनेछ। राजवंशी लस एन्जलस फिल्म स्कूलमा स्नातक पास गरेका छन्। यो उनको पहिलो फिचर निर्देशन हो।

फिल्म वशिष्ठ प्रधानले छायांकन गर्नेछन्। उनले यसअघि मुम्बईमा ‘कलंक’, ‘लस्ट स्टोरीज’ र ‘सस्पेक्ट’ जस्ता फिल्ममा काम गरिसकेका छन्।

फिल्मका लेखक तथा निर्देशक राजवंशीले ‘हिमालयन गोल्ड’ लाई पहाडबाट जन्मिएको कथा भन्दै यसले सहनशीलता, क्षति र मानवीय आशाको नाजुक शक्ति देखाउने बताए। उनले भने, ‘यो फिल्ममार्फत हामी विश्वभरका दर्शकलाई यहाँका मानिस, भूपरिवेश र आत्माको सौन्दर्यबाट नेपालको मुटुको धड्कन महसुस गराउन चाहन्छौँ।’

प्रकाशित: ११ कार्तिक २०८२ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast