जहाज दुर्घटनाबारे निरीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै

हिमाल प्रेस १ माघ २०७९ १४:३८ | Sunday, January 15, 2023
जहाज दुर्घटनाबारे निरीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार पोखरा जाने भएका छन्। आइतबार बिहान यति एयरलाइन्सको विमान दुर्घटना भएबारे स्थलगत निरीक्षणका लागि प्रचण्ड घटनास्थलतर्फ जाने भएका हुन्।

‘विमान दुर्घटनापछि आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय भएपछि प्रधानमन्त्रीज्यू घटनास्थलतर्फ जान लाग्नु भएको हो,’ उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बताए।

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए। प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए, जसमा ६२ जना वयस्क, चार जना बालबालिका, तीन जना अशक्त व्यक्ति सवार थिए।

प्रकाशित: १ माघ २०७९ १४:३८ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast