यस्तो बन्यो ‘जारी २ः सङ् अफ च्याब्रुङ’ को ट्रेलर

हिमाल प्रेस ११ कार्तिक २०८२ ११:३९ | Tuesday, October 28, 2025
यस्तो बन्यो ‘जारी २ः सङ् अफ च्याब्रुङ’ को ट्रेलर

काठमाडौँ- फिल्म ‘जारी २ः सङ् अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधक रुपमा प्रस्तुत गरिएको छ।

अघिल्लो कथाकै क्रमशः देखाइएको फिल्ममा दयाहाङ र मिरुना मगरको एक सन्तान छोरी हुन्छ र त्यही कारण यी दुइबीच आउने फाटोलाई देखाइएको छ।

दया र मिरुनाका अलावा फिल्ममा विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङ्लेखुले अभिनय गरेका छन्।

उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्म बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको छ।

प्रकाशित: ११ कार्तिक २०८२ ११:३९ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast