एमाले सचिवालय बैठक। फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी १५ गते बस्ने भएको हो।
बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा कात्तिक २७–२९ मा गर्ने निर्णय गरेको छ।
पार्टीका कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार कात्तिक १५ गते पार्टीको सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ।
बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्नेछ।
प्रकाशित: ११ कार्तिक २०८२ ९:११ | Tuesday, October 28, 2025
प्रतिक्रिया




