पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान स्थगित

हिमाल प्रेस १ माघ २०७९ १३:०९ | Sunday, January 15, 2023
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान स्थगित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल।

काठमाडौँ- यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (आइतबार) हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए।

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए।

प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए, जसमा ६२ जना वयस्क, चार जना बालबालिका, तीन जना अशक्त व्यक्ति सवार थिए।

प्रकाशित: १ माघ २०७९ १३:०९ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast