भारतीय वायु सेनाको विमान दुर्घटना : पाँच जनाको मृत्यु

हिमाल प्रेस ३० जेठ २०८३ १५:५० | Saturday, June 13, 2026
14
SHARES
भारतीय वायु सेनाको विमान दुर्घटना : पाँच जनाको मृत्यु

काठमाडौँ- भारतको असम राज्यस्थित जोरहाट एयर फोर्स स्टेशनमा शनिबार भएको भारतीय वायु सेनाको विमान दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

दुर्घटनामा पाँच जना वायु सेनाको मृत्यु भएको भारतीय वायु सेनाले जनाएको हो।

भारतीय वायु सेनाका अनुसार मृत्यु हुनेमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन्।

जोरहाट एयर फोर्स स्टेशनमा अवतरण गर्ने क्रममा शनिबार बिहान भारतीय वायु सेनाको एएन–३२ विमान दुर्घटना भएको थियो।

एएन–३२ मूल रुपमा सोभियत संघ (अहिले युक्रेन एन्टोनोभ डिजाइन ब्यूरो) द्वारा निर्मित दुई–इन्जिन भएको टर्बोप्रप सैन्य परिवहन विमान हो।

यो विमानको प्रयोग सैनिकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान, राहत सामग्री पु¥याउन र प्याराट्रूपर्सलाई आकाशबाट ओरोल्नका लागि गरिन्छ।

प्रकाशित: ३० जेठ २०८३ १५:५० | Saturday, June 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast