असममा भारतीय वायु सेनाको विमान दुर्घटना

हिमाल प्रेस ३० जेठ २०८३ १४:०० | Saturday, June 13, 2026
16
SHARES
असममा भारतीय वायु सेनाको विमान दुर्घटना

काठमाडौँ- भारतको असमको जोरहाट एयर फोर्स स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन–३२ ट्रान्सपोर्ट विमान दुर्घटना भएको छ।

वायु सेनाका प्रवक्ता विङ कमान्डर जयदीपलाई उद्धृत गर्दै विमान दुर्घटना भएको बीबीसीले जनाएको छ। जयदीपका अनुसार दुर्घटनाबारे विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।

दुर्घटनाबारे भारतीय वायु सेनाले एक्समा लेखेको छ,‘भारतीय वायु सेनाको एएन–३२ एयरक्राफ्ट आज जोरहाटमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भयो। यो दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वयारी गठन गरिँदैछ।’

एयर फोर्स स्टेशन परिसरमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त भएर आगो लागेको भारतीय वायु सेनाले जनाएको छ।

दुर्घटनामा हताहत वा घाइतेहरूबारे जानकारी सार्वजनिक गरिएको छैन। एएन–३२ मूल रुपमा सोभियत संघ (अहिले युक्रेन एन्टोनोभ डिजाइन ब्यूरो) द्वारा निर्मित दुई–इन्जिन भएको टर्बोप्रप सैन्य परिवहन विमान हो।

यो विमानको प्रयोग सैनिकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान, राहत सामग्री पु¥याउन र प्याराट्रूपर्सलाई आकाशबाट ओरोल्नका लागि गरिन्छ।

प्रकाशित: ३० जेठ २०८३ १४:०० | Saturday, June 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast