तिलकको ‘के लत बस्यो’ सार्वजनिक

हिमाल प्रेस १ माघ २०७९ १३:०५ | Sunday, January 15, 2023

काठमाडौँ- नेपाली गजल ‘के लत बस्यो’ सार्वजनिक भएको छ। गजलकार हुन्, डा. प्रदीप मैनाली। तिलक सिंह पेलाको स्वर र संगीत रहेको गजललाई रिदम कँडेलले संयोजन गरेका हुन्।

सारंगीमा धर्म गन्धर्व, तबलामा जगन्नाथ धौगोडा, बाँसुरीमा नगेन्द्रविक्रम राई र पियानोमा रिदम कँडेल रहेका छन्।

तिलक सिंह पेलाको आधिकारिक युट्युब च्यानलबाट गजल सार्वजनिक भएको छ। पेलाका ‘लुकाउन खोज्दा पनि आँसु नझरेको हैन’, ‘कहानी बनेन केही यस्तै’ लगायत गीत चर्चित छन्।

प्रकाशित: १ माघ २०७९ १३:०५ | Sunday, January 15, 2023

प्रतिक्रिया

One thought on “तिलकको ‘के लत बस्यो’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast