जाँचबुझ आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट

हिमाल प्रेस ९ कार्तिक २०८२ २१:०४
8
SHARES
जाँचबुझ आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौँ- सर्वोच्च अदालतमा गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट निवेदन पेस भएको छ।

आयोगका अध्यक्ष कार्कीसहितलाई विपक्षी बनाएर अधिवक्ता विपिन ढकालले आज दायर गरेको रिट निवेदनमा आयोगका पदाधिकारीहरू निष्पक्ष छानबिन र विषयवस्तुबारे तटस्थ नभएको उल्लेख गरिएको छ।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आयोगविरुद्ध रिट निवेदन पेस भएको र अध्ययनका क्रममा रहेको जानकारी दिए।

सरकारले ‘जेनजी’ प्रदर्शनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

प्रकाशित: ९ कार्तिक २०८२ २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast