काठमाडौँ उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन

हिमाल प्रेस ९ कार्तिक २०८२ १७:४६ | Sunday, October 26, 2025
काठमाडौँ उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन

काठमाडौँ- गत भदौ २३ र २४ गतेको जेनजी युवाको प्रदर्शनका क्रममा ट्राफिक कार्यालयको भवनमा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुने भएको छ।

यही कात्तिक ११ गतेदेखि पुनः ट्राफिक सचेतना कक्षा सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने,‘जेनजी प्रदर्शनमा हाम्रो ट्राफिक सचेतना कक्षा, भवन, उपकरणलगायत सामग्री जलेर नष्ट भएका थिए। अहिले भवनसहित आवश्यक उपकरणहरू तयार गरेका छौँ। अब पुनःट्राफिक सचेतना कक्षा सुरु गर्दैछौँ।’

काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ती तथा सडक लेन उल्लंघन गरी कारबाहीमा परेका चालकहरूलाई लक्षित गरी ट्राफिक प्रहरीले भौतिक रूपमा उपस्थित गराई उक्त सचेतना कक्षा सञ्चालन गर्दै आएको थियो।

सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा उक्त कक्षा सञ्चालन गरिने प्रवक्ता सुवेदीले बताए।

प्रकाशित: ९ कार्तिक २०८२ १७:४६ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast