चारै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री छलफलमा

हिमाल प्रेस ८ कार्तिक २०८२ १२:०४
चारै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री छलफलमा प्रधानमन्त्री सुशीला कार्की। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेकी छिन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आजको छलफल करिब २ घण्टा चलेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले चुनावको वातावरण, अहिलेको शान्ति तथा सुव्यवस्थाको विषयमा छलफल गरेको बताईएको छ । यसको अलावा छठलगत्तै एउटा समूहले निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको अवस्थामा कसरी अघि बढ्ने र कस्तो सुरक्षा रणनीति अपनाउने भनेर छलफल गरेको बुझिएको छ ।

प्रकाशित: ८ कार्तिक २०८२ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast