माघीजस्ता चाडपर्वले आपसी सद्‍भाव स्थापित गरेको छ : राष्ट्रियसभा अध्यक्ष

हिमाल प्रेस १ माघ २०७९ ७:५१ | Sunday, January 15, 2023
माघीजस्ता चाडपर्वले आपसी सद्‍भाव स्थापित गरेको छ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विभिन्न धार्मिक, पौराणिक तथा सांस्कृतिक महत्त्व बोकेको माघे सङ्क्रान्तिजस्ता चाडपर्वले आपसी सद्भाव तथा भ्रातृत्व स्थापित गरेको बताएका छन्।

माघे सङ्क्रान्तिरमाघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको विश्वास व्यक्त गरेका हुन्। यस्ता किसिमका मौलिक चाडपर्व र संस्कृतिको जगेर्ना, संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गरी सामाजिक सद्भाव र एकताको सन्देश दिन सक्नुपर्ने उनको भनाइ छ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा सांस्कृतिक विविधता र विशेषताले भरिएको अनुपम देश मानिने नेपाल विश्व समुदायमा आफ्नै मौलिक परम्परा र संस्कृतिको खानीका रूपमा परिचित रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले विविधतामा एकता नेपालीको साझा पहिचानको रूपमा रहेको बताएका छन्।

प्रकाशित: १ माघ २०७९ ७:५१ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast