
गुल्मी- गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-९ ददल्कामा आगलागी भएको छ।
दीपावलीको अवसरमा मैनबत्ती बाल्ने क्रममा स्थानीय ४५ वर्षीया शान्ती परियारको ढुंगा-माटोले बनेको गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।
आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भए पनि मानवीय तथा पशुचौपाया क्षति भएको छैन।
प्रकाशित: ४ कार्तिक २०८२ ९:११
प्रतिक्रिया