कैलालीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ

हिमाल प्रेस ३ कार्तिक २०८२ १७:१९ | Monday, October 20, 2025
कैलालीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ फाइल तस्बिर

कैलाली- कैलालीका किसानलाई यतिबेला पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ। धनगढी उपमहानगरपालिका–२ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गरे।

उनले भने,‘हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अध्याँरो समयसम्म खेतमै हुन्छौँ र बिहान सबेरै खेतमा जान्छौँ।’ यहाँका अधिकांश किसानहरू हिजोआज खेतबारीमै व्यस्त देखिन्छन्। खेतमा धान काट्दै गरेका सोही ठाउँका अर्का किसान सुकराम चौधरीले खेतमा काटेको धान थ्रेसन गर्नको लागि पालो कुर्नु परेको बताए। चाडपर्व नजिकिएकाले धान भित्र्याउनका लागि यहाँका किसानलाई अझै भ्याइनभ्याइ भएको उनको भनाइ छ।

हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसान यतिबेला आधुनिक उपकरणहरू प्रयोग गरी धान भित्र्याउन लागि परेका छन्। किसान पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्ये भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन्।

नेपालीको महान चाड शुभ दिपावली सुरू भइसकेको छ तै पनि यहाँका कतिपय किसानहरू धानबाली भित्र्याउन जुटेको पाइन्छन्। थोरै खेत हुने साना किसानहरूले त धान काटेर थ्रेसर गरेर धान घरमा भित्र्याइ सकेका छन्। किसानहरूका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा-४ लगायतका विभिन्न उन्नत धानका जातहरू बढी मात्रामा देखिन्छन्।

प्रकाशित: ३ कार्तिक २०८२ १७:१९ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast