दलसँग चुनावमुखी छलफल गर्दैछिन् प्रधानमन्त्री कार्की

हिमाल प्रेस ३ कार्तिक २०८२ ६:३१ | Monday, October 20, 2025
दलसँग चुनावमुखी छलफल गर्दैछिन् प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्की/फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दैछिन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।

छलफल आज (मंगलबार) दिउँसो ४ बजेका लागि तय भएको छ। सचिवालयले प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग अलग–अलग वार्ता तथा छलफल गरिरेका भए पनि यसपटक भने उनले संयुक्तरुपमा दलका प्रतिनिधिसँग छलफल गर्न लागेकी हुन्।

प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका नेतासँग निर्वाचन तयारीको विषयमा छलफल गर्न लागेकी हुन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हटेर अहिले कार्की नेतृत्वको सरकार गठन भएको हो।

कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट पाएको छ। निर्वाचनबारे दलसँग छलफल नगरेको भन्दै नेताहरूले सरकारको आलोचना गरिरहेको बेला उनले दलका नेतासँगको छलफल तय गरेकी हुन्।

प्रकाशित: ३ कार्तिक २०८२ ६:३१ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast