तीन दिनपछि सेयर बजारमा सुधार

हिमाल प्रेस २ कार्तिक २०८२ १५:४८ | Sunday, October 19, 2025
तीन दिनपछि सेयर बजारमा सुधार सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार लगातार तीन दिनको गिरावट तोड्दै १६.६७ अंकले वृद्धि भएको छ। अघिल्लो कारोबारमा २५ सय अंकभन्दा तल झरेको नेप्सेले यसपटक पुनः उक्त स्तरमाथि कारोबार बन्द गर्न सफल भएको हो। आइतबार २५०३.८५ अंक पुगेको छ। ।

परिसूचकमा सुधार आए पनि समग्र बजार गतिविधि कमजोर रह्यो। कारोबार रकम घटेर अर्ब ७९ करोड रुपैयाँमा सीमित भयो। कुल २८ हजार ७३७ कारोबारमार्फत ६१ लाख ९० हजार कित्ता सेयर किनबेच भयो। कारोबार भएका कम्पनीमध्ये १६३ कम्पनीका सेयर मूल्य बढेको छ। ७८ वटा कम्पनीको सेयर मूल्य घटेको र  ८ वटा कम्पनीका सेयर स्थिर रहेको नेप्सेले जनाएको छ।

नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड आइतबारको कारोबार रकमको शीर्षमा छ। कम्पनीको २८ करोड १० लाख रुपैयाँ बराबरका सेयर कारोबार भयो। दोस्रोमा हिमालयन डिस्टिलरी लिमिटेड र तेस्रोमा युनियन हाइड्रोपावर लिमिटेड परेका छन्। जसका कारोबार क्रमशः २५ करोड ३६ लाख रुपैयाँ र १६ करोड ९७ लाख रुपैयाँ बराबरका रहेका छन्।

प्रकाशित: २ कार्तिक २०८२ १५:४८ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast