निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्थामा ध्यान दिँदै सरकार

हिमाल प्रेस २ कार्तिक २०८२ ९:०७ | Sunday, October 19, 2025
निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्थामा ध्यान दिँदै सरकार

काठमाडौँ- निर्वाचनको मिति नजिकिँदै जाँदा सरकारले सुरक्षाबारे चासो राख्न थालेको छ। आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थाबारे छलफल थालेको छ।

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ । बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हुनेछन् ।

उक्त बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यभार सम्हाल्नासाथ यो समिति गठन गरेका थिए। यस समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहनुका साथै उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिव छन् ।

यस समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइनेछ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्नेछ ।

प्रकाशित: २ कार्तिक २०८२ ९:०७ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast