
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ। शुक्रबारको बैठकमा एजेण्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले शनिवार फेरि बस्ने गरी बैठक स्थगित गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार बैठकमा केन्द्रीय सदस्यहरूले एजेण्डामाथि आफ्नो धारणा राखिरहेका छन्।
उनले शनिबार पनि छलफल सकिने सम्भावना कम रहेकोले छठपछि मात्रै निष्कर्षमा पुगिने बताए। बैठकमा केहीले विशेष महाधिवेशन गर्नुपर्ने तथा केहीले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।
प्रवक्ता महतले निर्वाचन गराउने सवालमा सरकार गम्भीर नरहेको बताए।
प्रकाशित: १ कार्तिक २०८२ ६:४२
प्रतिक्रिया