हिराे बन्ने संघर्षकाे कथामा बनेकाे ‘कुमुदे हिड्यो हिरो बन्न’ को छायांकन सकियो

हिमाल प्रेस ३० असोज २०८२ ११:३५ | Thursday, October 16, 2025
52
SHARES
हिराे बन्ने संघर्षकाे कथामा बनेकाे ‘कुमुदे हिड्यो हिरो बन्न’ को छायांकन सकियो

काठमाडौँ- फिल्म ‘कुमुदे हिड्यो हिरो बन्न’ को छायांकन सकिएको छ। दाङ र काठमाडौँमा २८ दिनमा छायांकन सकिएको टिमले जनाएको छ।

सन्देश शाहलाई सम्पादकको रुपमा सम्झौता गर्दै निर्माण टिम यतिबेला फिल्मको छायांकनमा जुटेको छ। फिल्म साहित्यकार तथा गीतकार जानकी पन्त जुनको डेब्यु निर्देशनमा बनेको छ।

फिल्ममा कुमुद पन्त मुख्य भूमिकामा छन्। उनीसँगै फिल्ममा ऋचा थापा, रविना परियार, विष्णु पन्त, रवि गिरी, दिनेश कुँवर, शंकरराज पहाडी, पीताम्बर रिजाल, सचिन भुसाल, रविन बराइली, किरण मगर पुन, सरस्वती बि.कलगायत कलाकारले अभिनय गरेका छन्। त्यस्तै, बाल कलाकारमा छन्, प्रयुश दत्त सुवेदी, काव्यरस रिजाल, युनिश घिमिरे, युनिका खत्री।

फिल्मको कथा सपना देख्ने आँट, चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने हिम्मत, र आफ्नो क्षमतामा अटूट विश्वास र आफूभित्र लुकेको ‘हिरो’ खोज्ने विश्वास रहेको टिमले बताइएको छ। ‘यात्रा केवल फिल्म निर्माणको होइन, एक सपना, एक संघर्ष, र आत्म अभिव्यक्तिको धरोहर हो’ निर्देशक पन्तले भनिन्।

कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता विष्णु पन्त शर्मा आचार्य हुन्। चक्र बहादुर बराल सह-निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा रंग पत्रकार एवम् रेडियो प्रस्तोता भोला सुबेदी (आर्जे प्रणव) रहेका छन।

यसअघि फिल्म ‘ज्ञान शास्त्र’ निर्माण गरेका पत्रकार सुवेदी भने, ‘पहिला शिक्षा क्षेत्रसँग सम्बन्धि फिल्म निर्माण गरे ‘ज्ञान शास्त्र’। अहिले मेरो रंग पत्रकारितामा पाएको अनुभव समेटेर हिरो बन्न हिंडेको एक युवाको वास्तविक कथामा चलचित्र निर्माण गरेको छु। एउटा सफल अभिनेताले जीवनकलामा हिरो बन्न हिडेको संघर्षको कथा नै यो फिल्मको मुटु हो।

फिल्म नेपालका रमणीय स्थान दाङ, पोखरा र काठमाडौंमा छायांकन भएको छ। फिल्म किरण दाहालको द्वन्द निर्देशन, विपीन आचार्य र ओम सुनारको संगीत, सन्देश शाहको सम्पादन, उत्तम प्रसाद अधिकारीको असोसिएट् निर्देशनमा बनेको छ। फिल्म आगामी वर्ष २०८३ सालमा प्रदर्शन गर्ने टिमको तयारी छ।

प्रकाशित: ३० असोज २०८२ ११:३५ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast