एजेन्डा तय नभई कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

हिमाल प्रेस ३० असोज २०८२ ८:४७ | Thursday, October 16, 2025
एजेन्डा तय नभई कांग्रेस केन्द्रीय समिति बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।

बैठक दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। आजको बैठकको अध्यक्षता भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नेछन्।

त्यसअघि बिहान ९ बजे कार्यसम्पादन समितिको अनौपचारिक बैठक बस्नेछ। केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा भने अझै टुंगिएका छैनन्। जेनजी आन्दोलनपछि पहिलोपटक असोज २८ गते कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो।

केन्द्रीय कार्य समिति बैठकले १५ औँ महाधिवशनबारे निर्णय गर्नेछ। कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेताहरुले विशेष महाधिवेशनको माग गर्दै हिजो मात्रै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन्।

प्रकाशित: ३० असोज २०८२ ८:४७ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast