
काठमाडौँ- निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले छलफलका लागि बिहान साढे ११ बजे २९ वटा राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलाएको जानकारी दिए।
सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ। निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ। राजनीतिक दलहरुले भने निर्वाचनको वातावरण बनिनसकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको छ।
प्रकाशित: ३० असोज २०८२ ७:४९
प्रतिक्रिया