पूर्वसभामुख महरा कारागार चलान

हिमाल प्रेस २९ असोज २०८२ १८:३७ | Wednesday, October 15, 2025
पूर्वसभामुख महरा कारागार चलान

काठमाडौँ- पूर्वसभामुख कृष्णबहादुर महरा कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतले बुधबार थुनछेक बहसपछि थुनामा पठाउने आदेश जारी गरेको हो।

यसअघि मंगलबार महरासँग बयान लिइएको थियो।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा महराविरुद्ध मुद्दा दर्ता भएको हो।

महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन्। सरकारी वकिलले उनीविरुद्ध संगठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी लिएको छ।

सीआईबीले महरालाई गत आइतबार पक्राउ गरेको थियो। उनीमाथि भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ।

प्रकाशित: २९ असोज २०८२ १८:३७ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast