ओली बेगरको एमालेसँग एकता गर्न प्रचण्ड तयार!

हिमाल प्रेस २९ असोज २०८२ १६:०२ | Wednesday, October 15, 2025
ओली बेगरको एमालेसँग एकता गर्न प्रचण्ड तयार! फाइल तस्बिर

धादिङ– नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन्। उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’

धादिङको बेनिघाट रोराङमा बुधबार आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए।

उनले भने, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो।’ तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी प्रचण्डले दिए। कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँग छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको दाबी गरे।

प्रकाशित: २९ असोज २०८२ १६:०२ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast