मधेशका मुख्यमन्त्री सिंहसहित दुई सांसद खुले जनस्वराजको पक्षमा

हिमाल प्रेस २९ असोज २०८२ १५:४४ | Wednesday, October 15, 2025
मधेशका मुख्यमन्त्री सिंहसहित दुई सांसद खुले जनस्वराजको पक्षमा

काठमाडौँ- मधेश प्रदेशका कामचलाउ मुख्यमन्त्री सतिशकुमार सिंहसहित दुई प्रदेश सांसद जनमत पार्टीबाट विभाजित भएर बनेको जनस्वराज पार्टीको पक्षमा खुलेका छन्। सिंहसहित जनमत पार्टीका प्रदेश सांसद त्रिभुवन साह जनस्वराज पार्टीको पक्षमा खुलेका हुन्।

सिंह र साहले बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा जनस्वराज पार्टीको पक्षमा सनाखत गरेका छन्।

निर्वाचन आयोगले सात दिनभित्र केन्द्रीय निर्वाचन आयोग वा प्रदेशस्थित निर्वाचन कार्यालयमा पुगेर जनमत पार्टीका सांसदहरूलाई सनाखत गर्न समय दिएको थियो। जनस्वराजको पक्षमा सनाखत गर्न निर्वाचन कार्यालय पुगेका बेला जनमत पार्टीका नेता कार्यकर्ताहरूले सिंहको विरोधमा नाराबाजी गरेका थिए।

हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कामचलाउ मुख्यमन्त्री सिंहले अहिले सनाखतका लागि दुई जना आए पनि यो संख्या बढ्ने दाबी गरे। नयाँ दलको पक्षमा अधिकांश प्रदेश सांसदहरू हस्ताक्षर गर्न तयार रहेको उनको भनाइ छ।

निर्वाचन कार्यालयबाहिर जनमतका नेता कार्यकर्ताले गरेको विरोधलाई उनले अलोकतान्त्रिक चरित्र बताएका छन्।

जनमत पार्टीले आफ्नै दलबाट मुख्यमन्त्री बनेका सिंहलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता बोलाएपछि उनी रूष्ट बनेका छन्। सिंहले जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्देशनमा आफ्नै दलका मुख्यमन्त्रीको चरित्र हत्या गर्न लगाएको सिंहले आरोप लगाएका छन्।

प्रकाशित: २९ असोज २०८२ १५:४४ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast