
काठमाडौँ- मधेश प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरूको समर्थनमा उनले दाबी पेस गर्न लागेका हुन्।
सोनललाई नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन्। यसअघि कांग्रेस, एमाले र जनमतको सहकार्यमा सरकार बनाउने प्रयास भएको थियो। यी तीनवटा पार्टीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई पत्र बुझाइसकेको थिए।
तर जनमतले कांग्रेस-एमालेको साथ छाडेपछि आज छुट्टै गठबन्धन बनेको हो। १०७ सदस्य प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।
जितेन्द्र सोनल लोसपा नेपालका उपाध्यक्ष पनि हुन्। जनता समाजवादी पार्टी, नेपालको १९, लोसपा १३, माओवादीको ९, एकीकृत समाजवादी ७ जना सांसद छन्। ५ दल मिल्दा सोनलका पक्षमा ५७ जना सांसद पर्छन् जसमध्ये लोसपाका एक सांसद हाल निलम्बनमा छन्।