एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै, महाधिवेशनको विषय मुख्य एजेन्डा

हिमाल प्रेस २९ असोज २०८२ ६:५५ | Wednesday, October 15, 2025
एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै, महाधिवेशनको विषय मुख्य एजेन्डा

काठमाडौँ- नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। बैठक बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा तीन दिनसम्म बैठक चल्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

गौतमले आजको बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको बताए।

बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए। एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनःस्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने पनि गौतमले बताए।

एमालेको २०८२ असोज १२ गते बसेको सचिवालय बैठकले पार्टी ११ औं महाधिवेशनमा जाने निर्णय गरिसकेको छ। मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको तयारी छ।

प्रकाशित: २९ असोज २०८२ ६:५५ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast