भाइटीकाको उत्तम साइत बिहान ११:३९ बजे

हिमाल प्रेस २८ असोज २०८२ १३:००
12
SHARES
भाइटीकाको उत्तम साइत बिहान ११:३९ बजे

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीका लगाउने साइत उत्तम रहेको छ।

समितिका सदस्य प्रा.देवमणि भट्टराईका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तलाई शुभ मानी टीका लगाउने समय तोकिएको हो। उनका अनुसार राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, सर्वसाधारणले भने मध्याह्नकालमा लगाउँदा कुनै समस्या हुँदैन।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। त्यस दिनदेखि यमदीप दानको आरम्भ हुने र धनत्रयोदशी तथा धनतेरस पर्व पनि यही दिन पर्ने समितिले जनाएको छ।

प्रकाशित: २८ असोज २०८२ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast