नेपाल, भारत र जापानको आयोजनामा कोलकातामा पपेट कार्यशाला सञ्चालन

हिमाल प्रेस २८ असोज २०८२ ११:५८
16
SHARES
नेपाल, भारत र जापानको आयोजनामा कोलकातामा पपेट कार्यशाला सञ्चालन

काठमाडौँ- नेपाल, भारत र जापानको संयुक्त आयोजनामा कोलकातामा पपेट कार्यशाला सञ्चालन भइरहेको छ। बालबालिका र किशोरहरू लक्षित गरिएको कार्यशाला कोलकातामा यही अक्टोबर ९ देखि १३ सम्म सञ्चालन गरेको आयोजकले जनाएको छ।

कार्यशाला जापानको ‘उत्तरभिजन’ संस्थाकी एरिना साजीको नेतृत्व र नेपालकाे शताब्दी आर्ट्सका शंकर भण्डारी, सुशील भुसाल र एलिना नाकर्मीको सहकार्यमा चलिरहेको छ।

कार्यशालामा कागज र कपडाबाट कठपुतली कसरी बनाउने र नाटकमा त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा सिकाइएको शताब्दी आर्ट्सका अध्यक्ष शंकर भण्डारीले बताए।

उनका अनुसार विदेशी शैलीअनुसार कार्यशाला उद्घाटनको दिन प्रशिक्षकहरूले प्रत्येक विद्यार्थीको हातमा मित्रताको हार राखेर आर्शीर्वाद र शुभकामना दिए। यसबारे मुख्य प्रशिक्षक एरिनाले यसले गुरु र शिष्यको सम्बन्धको कडी बनाउने जानकारी दिइन्।

तालिममा ५० जना बालबालिका सहभागी थिए। ‘कोलकाता एसो नाटक सिकौँ’ को पहल र तापस दासको योजनाअनुसार केष्टपुर संस्थाको आफ्नै नाट्य भवनमा तालिमको आयोजना गरिएको हो।

तापस दासले हराएको यो कला रूपलाई पुनः ल्याउने र प्रोत्साहन गर्नका लागि यस्तो पहल गरिएको बताए। ‘यो एक साँच्चिकै अद्भुत प्रयास हो। भारत, जापान र नेपालको संयुक्त पहलले बालबालिकाहरूका लागि पपेट कार्यशाला आयोजना गर्नु वास्तवमै प्रेरणादायक छ,’ उनले भने, ‘पपेट कला बालबालिकामा कल्पना र सिर्जना गर्नका लागि एक अत्यन्त राम्रो माध्यम हो।’ यो तालिमले बालबालिकामा ासर्जनात्मकता र सांस्कृतिक सोचलाई प्रोत्साहित गर्ने अद्वितीय अवसर प्रदान गरेको उनले बताए।।

प्रकाशित: २८ असोज २०८२ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast