
काठमाडौँ- सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’ को विजेता नामावली सार्वजनिक भएको छ।
‘मिस’ तर्फ अधिका कुमारी थापा मगर र ‘मिसेस’ तर्फ चन्दु बलामी शीर्ष विजेता बनेका छन्। दुवै विजेताले शीर्ष ताज र नगदसहित उपहार प्राप्त गरेका छन्।
प्रतियोगितामा ‘मिस’ तर्फ प्रेक्षा श्रेष्ठ फस्ट रनरअप र ‘मिसेस’तर्फ सरु कार्की फस्ट रनरअप भए। डा. मिना प्रधान सेकेण्ड रनरअप भइन्।
यस्तै विधागततर्फ रञ्जु कार्की ‘पब्लिक च्वाईस’, युनिसा राई ‘भ्युअर्स च्वाइस’, सानु थापा ‘मेनेजमेन्ट च्वाइस’ घोषित भए।
प्रतियोगिताकाे निर्णायकमा सेफ गोविन्द नरसिंह केसी, समाजसेवी तथा व्यवसायी सोनिया चाम्लिङ राई, गायक तथा र्यापर निर्णय श्रेष्ठ (एनएसके), र्यापर तथा राजनीतिज्ञ सिड वाग्ले र समाजसेवी दिलसागर वाग्ले थिए।
विजेता तथा उपविजेतालाई पूर्व सांसद छिरिङ ल्हामु लामा (तामाङ), एनआरएनएका पूर्व अध्यक्ष विनोद कुँवर, सेफ एशोसिएसनका अध्यक्ष रेशमकुमार लामा तामाङले पुरस्कार प्रदान गरे।
सामरी इन्टरनेसनलका अध्यक्ष भरत सामरीले महिलाको सुन्दरता र प्रतिभालाई उजागर गर्दै महिला सशक्तिकरणको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। प्रतियोगिता सामरी इन्टरनेसनलले एमकेएम फेसन हाउससँग सहकार्य गर्दै राजधानीमा आयोजना गरेको हो।