
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीको धारणा तय गर्न तथा समितिको बैठक बोलाएको छ ।
बैठक असोज २९ गते बुधबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठकमा हालसम्म सम्पन्न भएका स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति मूल्यांकन, सांगठनिक सुदृढीकरणका उपाय, समसामयिक राजनीतिक परिस्थिति र पार्टी जीवनसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल हुनेछ ।
प्रकाशित: २८ असोज २०८२ ६:४४
प्रतिक्रिया