ट्रम्पले बोलिरहँदा इजरायली संसदमा हंगामा, नेतन्याहूले भने – ट्रम्प सबैभन्दा असल मित्र

हिमाल प्रेस २७ असोज २०८२ १९:१८
52
SHARES
ट्रम्पले बोलिरहँदा इजरायली संसदमा हंगामा, नेतन्याहूले भने – ट्रम्प सबैभन्दा असल मित्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प/ तस्बिर : एपी

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली संसद क्नेसेटलाई सम्बोधन गर्ने क्रममा हंगामा भएको छ।

ट्रम्पले सम्बोधन गरिरहँदा एक जना विपक्षी सांसदले ‘प्यालिस्टिनर्ला मान्यता देऊ’ भन्ने लेखिएको पाना देखाएपछि हंगामा भएको हो। पछि सुरक्षाकर्मीहरूले ती सांसदलाई तुरुन्तै सदनबाट बाहिर निकालेका थिए।

इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको सम्बोधनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली संसदलाई सम्बोधन गरेका थिए।

गाजा–इजरायल युद्धको सन्दर्भमा बोल्दै ट्रम्पले अब क्षेत्रमा शान्ति रहेको बताउँदै यो शान्ति सधैँका लागि कायम रहने विश्वास व्यक्त गरे। त्यही बेला विपक्षी सांसदले प्यालिस्टिनलाई मान्यता दिन माग गर्दै पाना देखाएका थिए।

संसदमा केहीबेरको हंगामापछि केही क्षण रोकिएको भाषण सुरू गर्दै ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहूका साथै इजरायल–हमास वार्तामा मध्यस्थता गरेका अरब देशहरूलाई धन्यावद दिए।

‘मध्यपूर्वमा अराजकता, आतंक र विनाशका शक्तिहरूले दशकौँसम्म यो क्षेत्रलाई पीडित बनायो, उनीहरू पूर्णरूपमा पराजित भएका छन्,’ उनले भने।

यसै वर्ष इरानका तीन परमाणु स्थलमा अमेरिकी आक्रमणहरूको पनि चर्चा गर्दै ट्रम्पले भने,‘ती कारबाहीहरूविना गाजालाई लिएर शान्ति सम्झौता सम्भव हुने थिएन।’

ट्रम्प इजरायलको सबैभन्दा राम्रो मित्र : नेतन्याहू

ट्रम्पअघि संसदमा सम्बोधन गरेका नेतन्याहूले उनलाई इजरायलको सबैभन्दा राम्रो मित्र बताएका छन्। ‘हामी यो क्षणको धेरै लामो समयदेखि प्रतिक्षा गरिरहेका थियौँ। म पूरै देशको तर्फबाट तपाईँलाई धन्यवाद दिन चाहन्छु। अमेरिकी राष्ट्रपतिहरूमध्ये डोनाल्ट ट्रम्प इजरायलयको सबैभन्दा राम्रो मित्र हुनुहुन्छ,’ उनले भने।

ट्रम्पको गाजा शान्ति प्रस्तावलाई शान्तिको दिशामा एक महत्वपूर्ण कदम बताउँदै नेतन्याहूले दुई वर्षदेखि चलिरहेको युद्ध अन्त्य भएको बताए। ट्रम्पको नेतृत्वले इजरायललाई अरब देशहरूसँग सम्बन्ध सुधार्न सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast