![‘सोल्टिनी’ को ट्रेलरमा अन्तरजातीय प्रेम र पारिवारिक उतारचढाव [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/10/soltini-tailer.jpg)
काठमाडौँ- फिल्म ‘सोल्टिनी’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा बाल्यकालदेखिका लाहुरेकाे छाेरी र बाहुनका छाेराबीचकाे प्रेम देखाइएकाे छ। जातकै कारण यी दुई प्रेमीबीच विवाहका लागि परिवारबाट हुने बाधा र अड्चन प्रस्तुत गरिएकाे छ।
फिल्मका मुख्य पात्र हुन् प्रकाश सपुत र परीक्षा लिम्बू। उनीहरूसँगै फिल्ममा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय छ।
फिल्मका निर्देशक अर्जुन सुवेदी हुन्। फिल्म आगामी कार्तिक ६ अर्थात् भाइटिका देखि प्रदर्शन हुनेछ।
यस्तो छ ट्रेलर
प्रकाशित: २७ असोज २०८२ १७:१४
प्रतिक्रिया