कति छ आजको विदेशी मुद्राको मूल्य?

हिमाल प्रेस २७ असोज २०८२ ६:३१ | Monday, October 13, 2025
कति छ आजको विदेशी मुद्राको मूल्य?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलरसहित कतिपय मुद्रा सस्तिएका छन्।

युरो, पाउन्ड, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७६ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९३ रुपैयाँ १८ पैसा थियो।

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ६१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७६ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर चार सय ६१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ११ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १६ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: २७ असोज २०८२ ६:३१ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast