विदेशी चलखेल बढ्यो, जनता जाग्ने समय आयोः चित्रबहादुर केसी

हिमाल प्रेस २६ असोज २०८२ १९:२८
22
SHARES
विदेशी चलखेल बढ्यो, जनता जाग्ने समय आयोः चित्रबहादुर केसी

चितवन- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि जनता जाग्ने समय आएको बताएका छन्।

अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनको आइतबार उद्घाटन गर्दै अध्यक्ष केसीले देशमा विदेशी चलखेल बढेको भन्दै जनता जाग्ने समय आएको बताएका हुन्। अहिलेको अवस्थामा नेपालको रक्षाका लागि नेपाली जनता एक हुन आवश्यक रहेको उनको भनाइ थियो।

‘नेताहरू स्वच्छ र इमान्दार नभएका कारण यो समस्या आएको हो,’ उनले भने, ‘नेताहरुमा जनताको चिन्ताभन्दा अघिपछि हिँड्नेको चिन्ता हुँदा अहिले जेनजीले आन्दोलन गरेको हो।’

प्रकाशित: २६ असोज २०८२ १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast