निर्वाचन सफल बनाउन सरकारले सुरक्षाको वातावारण बनाउनुपर्छ : यादव

हिमाल प्रेस २६ असोज २०८२ १८:२८ | Sunday, October 12, 2025
निर्वाचन सफल बनाउन सरकारले सुरक्षाको वातावारण बनाउनुपर्छ : यादव जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव/फाइल तस्बिर

मोरङ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्ने बताएका छन्।

पार्टीको कोशी प्रदेश समितिको एकताको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले दलहरुको सहभागिताविना निर्वाचन सफल हुन नसक्ने भएकाले सरकारले अविलम्ब दलहरुसँग बैठक एवं वार्ता गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष यादवले संविधानको पुनःलेखन गरी शासकीय स्वरुपमा संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा मात्र मुलुकमा राजनीतिक स्थायित्व एवं विकास सम्भव हुने धारणा राखे।

उनले विगतको दुई तिहाइ सरकारको कुशासनका कारण मुलुक गरिबीतर्फ गएकाले जेनजीको आन्दोलनले सरकार दुई दिनमा ढलेको स्मरण गराए।

पार्टीका सहअध्यक्ष रकम चेम्जोङले जेनजीको आन्दोलनले भ्रष्टाचारलाई किनारा लगाएको चर्चा गर्दै आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न जनतासमक्ष जानुपर्ने बताए।

पार्टीका प्रदेश अध्यक्ष दीपक याक्ख्याको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वमन्त्री जयराज यादव, पार्टीका सचिवद्वय लाक्पा शर्मा र राजकुमार राई, नेता अर्जुन थापा, सञ्जय सिंहलगायतले जेनजी आन्दोलन भ्रष्टाचारविरुद्ध एवं जनताको हकअधिकार स्थापित गर्न भएको विचार राखे।

एकताको अधिवेशनमा प्रदेशका १४ जिल्ला समितिका पदाधिकारी एवं विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिको सहभागिता रहेको छ।

प्रकाशित: २६ असोज २०८२ १८:२८ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast