वीरगन्ज भन्सारमा इन्धनबाट उठ्यो ११ अर्ब १८ करोड राजस्व

हिमाल प्रेस २६ असोज २०८२ ११:०३ | Sunday, October 12, 2025
वीरगन्ज भन्सारमा इन्धनबाट उठ्यो ११ अर्ब १८ करोड राजस्व

काठमाडौँ- वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ११ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आवको दुई महिनामा २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो। आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८.५६ प्रतिशत छ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको जानकारी दिए। ‘यहाँको भन्सार आयातमा निर्भर रहेको छ ।

जसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा भने महत्त्वपूर्ण छ। यस्तै, यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने छ अर्ब १४ करोड रुपैयाँ अर्थात् १५.६८ प्रतिशत छ।

त्यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट भने दुई अर्ब ५४ करोड अर्थात् ६.४९ प्रतिशत राजस्वको हिस्सा छ। सबै प्रकारका कपडाबाट एक अर्ब ९८ करोड रुपैयाँ अर्थात् ५.६ प्रतिशत हिस्सा ओगटेको छ। वीरगन्ज भन्सार कार्यालयले चालु आवको दुई महिनामा ३९ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रकाशित: २६ असोज २०८२ ११:०३ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast