राष्ट्रपतिको सर्वदलीय बैठक : सरकार र दलहरूबीचको संवादहीनता तोड्ने प्रयास

हिमाल प्रेस २४ असोज २०८२ १८:०८
96
SHARES
राष्ट्रपतिको सर्वदलीय बैठक : सरकार र दलहरूबीचको संवादहीनता तोड्ने प्रयास

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक जारी छ। आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा चलिरहेको हो।

चुनावको कार्यतालिका सार्वजनिक भइसकेको तर सरकार र राजनीतिक दलहरूबीच संवादहीनताको अवस्था रहेको भन्दै राष्ट्रपति पौडेलले त्यसलाई अन्त्य गर्न अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।

यसअघि बिहीबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो। भेटका क्रममा पौडेलले निर्वाचनका लागि आवश्यक राजनीतिक वातावरण सिर्जना गर्न सरकारलाई सुझाव दिएका थिए।

सर्वदलीय बैठकमा अन्तरिमा सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागि छन्।

त्यसैगरि नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव बर्षामान पुन सहभागी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी छन्।

त्यस्तै जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जयकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती,जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी सहभागी छन्।

प्रकाशित: २४ असोज २०८२ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast