भदौ २३ को घटनामा मैले गोली चलाउन आदेश दिएको होइन : लेखक

हिमाल प्रेस २४ असोज २०८२ १६:२२ | Friday, October 10, 2025
भदौ २३ को घटनामा मैले गोली चलाउन आदेश दिएको होइन : लेखक फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ गते भएको जेनजी आन्दोलनमा बल प्रयोगका लागि आफूले कुनै आदेश नदिएको दाबी गरेका छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले आफू र प्रधानमन्त्रीले जेनजी आन्दोलन दमन गर्न गोली चलाउने अथवा अन्य कुनै आदेश नदिएको बताएका हुन्।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध र भ्रष्टाचार अन्त्यको माग गर्दै जेनजी युवाले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा भदौ २३ गते मात्र १७ युवाको ज्यान गएको थियो। उक्त घटना हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रहेका लेखकको संलग्नता रहेको भन्दै उनीहरूलाई पक्राउन गरेर अनुसन्धान गर्नुपर्ने माग बढिरहेको छ।

कांग्रेस नेता लेखकले गोली चलाउन प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश गरेको भनेर चलेका चर्चामा सत्यता नरहेको  बताए। उनले जेनजी आन्दोलनमा घुसपैठ भएका कारण पीडादायी घटना भएको दाबी गरे। जेनजी पुस्ताले अघि सारेका माग बुझेर लोकतन्त्रको मूल्य मान्यताका साथ अघि बढ्न जरुरी रहेको उनले बताए।

लेखकले अहिलेको अवस्थामा उत्तेजित, आग्रह, पूवाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीका साथ अघि बढ्न जरुरी रहेको जिकिर गरे।

उनले राज्यका सबै निकायहरु कानूनसम्मत रुपमा चल्नुपर्नेमा जोड दिए। लेखकले आन्दोलनको छानविन गर्न आयोग गठन गरेको अवस्थामा मुलुकको संविधान र कानूनबमोजिम आयोगले काम गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २४ असोज २०८२ १६:२२ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast