
काठमाडौँ- हलिउड फिल्म ‘ट्रोन एरेस’ आजदेखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मको कथा डिजिटल संसार र वास्तविक संसारबीचको द्वन्द्वको कथामा आधारित छ।
फिल्मका निर्देशक जाओकिम रोनिङ हुन्। फिल्ममा जारेड लेटो, ग्रेटा ली, इभान पिटर्स, हसन मिन्हज, जोडी टर्नर(स्मिथ, आर्टुरो क्यास्ट्रो, क्यामरून मोनाघन लगायत कलाकारको अभिनय छ । फिल्म एक्सन र एडभेञ्चर जनरामा बनेको छ।
योसँगै हलमा नेपाली फिल्म ‘माइतीघर’, ‘बलिदान’ हरिबहादुरको जुत्ता’, बलिउडमा ‘कान्तारा’लगायत फिल्महरू प्रदर्शन भइरहेको छ।
प्रकाशित: २४ असोज २०८२ १२:१९
प्रतिक्रिया