पूर्वशिक्षामन्त्री विद्या भट्टराईले भनिन्- रातो पासपोर्ट बनाएको थिइनँ

हिमाल प्रेस २४ असोज २०८२ ६:०९ | Friday, October 10, 2025
पूर्वशिक्षामन्त्री विद्या भट्टराईले भनिन्- रातो पासपोर्ट बनाएको थिइनँ

काठमाडौँ- नेकपा एमाले नेतृ तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूले रातो पासपोर्ट (कूटनीतिक पासपोर्ट) कहिल्यै नबनाएको स्पष्ट पारेकी छन्।

हाल निवर्तमान प्रतिनिधिसभा सदस्यहरूले रातो पासपोर्ट बुझाइरहेको समाचार सार्वजनिक भइरहेका बेला उनले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनिन्, ‘निवर्तमान प्रतिनिधिसभा सदस्यले रातो पासपोर्ट बुझाइरहनु भएको सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको छ। मैले रातो पासपोर्ट दुबै कार्यकालमा बनाएको थिइनँ भन्ने कुरा यहाँहरू सबैमा जानकारी गराउँछु।’

भट्टराईले आफूले सांसदका रूपमा दुवै कार्यकालमा सामान्य पासपोर्ट मात्र प्रयोग गरेको उल्लेख गर्दै कूटनीतिक पासपोर्टप्रति भइरहेका चर्चासँग आफू सम्बन्धित नरहेको स्पष्ट गरेकी हुन्।

हाल संसद् विघटनपछि निवर्तमान सांसदहरूले कूटनीतिक पासपोर्ट बुझाउने क्रम जारी रहेको छ।

प्रकाशित: २४ असोज २०८२ ६:०९ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast