यस्तो फाराम पेस गर्न ईसीडी शिक्षकलाई आग्रह

हिमाल प्रेस २३ असोज २०८२ १७:३७
2.6k
SHARES
यस्तो फाराम पेस गर्न ईसीडी शिक्षकलाई आग्रह

तनहुँ- गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा तालिम केन्द्र, तनहुँले प्रदेशभरका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का लागि टिपिडी प्रमाणीकरण तालिम सञ्चालन गर्न तयारी गरेको छ।

शिक्षा तालिम केन्द्रले जारी गरेको सूचनाअनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन हुने उक्त तालिममा सहभागी हुन इच्छुक शिक्षक तथा सहजकर्ताहरूले अनिवार्य रूपमा फारम भर्नुपर्नेछ। फारम उक्त सूचनासँगै संलग्न लिंक वा QR कोड स्क्यान गरी भर्न सकिने व्यवस्था गरिएको छ।

फारम बुझाउने अन्तिम मिति २०८२ साल कात्तिक १५ गते तोकिएको छ। केन्द्रका अनुसार तालिमको उद्देश्य बालविकास कार्यक्रमका शिक्षकहरूको दक्षता अभिवृद्धि गर्ने, शिक्षण सीपमा सुधार ल्याउने र गुणस्तरीय बालशिक्षा प्रवर्द्धन गर्ने हो।

केन्द्रले सबै बालविकास शिक्षकलाई तोकिएको म्यादभित्र फारम भरी पेस गर्न आग्रह गरेको छ।

प्रकाशित: २३ असोज २०८२ १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast